युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

 जेठ २१, २०७९ शनिबार ६:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ ।

रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।

एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले वार्ता र सम्वादमा जुट्न आग्रह गरेका हुन् । भारतले पनि तत्काल विवाद अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ ।

भारतीय विदेश मन्त्री एस जयशङ्करले रुसबाट कच्चा तेल किनेर आफूहरुले कुनै गल्ती नगरेको बताउनुभएको छ । युरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या युरोपको समस्या होइनन् भन्ने मानसिकताबाट युरोप पछि हट्नुपर्नेमा उहाँको जोड छ ।    
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया