एएफसी एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

 जेठ २५, २०७९ बुधबार १०:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आजराति जोर्डनसँग खेल्दैछ । खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा राति एक बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीमा नियमित कप्तान किरण चेम्जोङसहित ११ खेलाडी टिम बाहिर रहेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै उनीहरुले वैशाख १३ गते बन्द प्रशिक्षण छोडेका थिए । कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले तीन वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ओमानसँग पराजित भएको थियो भने टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ र श्रीलङ्कासँग १/१ गोलको बराबरी खेलेको थियो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गते शनिवार कुवेत र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ । हरेक समूहको शीर्ष टोली र उत्कृष्ट हुने दोस्रो टोलीले एसियन कप–२०२३ मा छनोट हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया