धादिङकाे त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

 जेठ २७, २०७९ शुक्रबार ९:२:४८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङकाे त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । 

पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो। 

गएरातिकाे अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएकाे लेदोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ । 

घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । 

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या भइरहेकाे प्रहरीले जनाएकाे छ । स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीकाे सहयाेगमा उद्धारकार्य भइरहेकाे छ । 

घटनास्थलमा डाेजर जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया