तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।
एसिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो । पछिल्लो पटक युगान्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए ।
मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले अभ्यास गरिरहेको छ । पछिल्ला पटक सम्पन्न युगान्डासँगको श्रृङ्खलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । त्यही श्रृङ्खलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ ।
मुख्य प्रशिक्षक टमाटाले मौसमकाे चुनौती भए पनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए । उनले फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहनेत गरिरहेको बताए।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिङ्गापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।जसअन्तर्गत नेपाल समूह 'बी'मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह 'ए' मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र यूएई समावेश छन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीकी कप्ता रुविना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौतीपूर्ण भएको बताइन् । उनले नेपाली महिला टोली ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाइन् । त्यसका लागि खेलाडीले यसअघि गरेको र कमी कमजोरी सुधार गरेको पनि उनले बताइन् ।
समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोवरमा आयोजना हुने महिला टी–२० एसिया कपमा छनोट हुनेछन् ।
प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतसँग र तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।