अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयी : श्रृङ्खला अस्ट्रेलियालाई

 जेठ २९, २०७९ आइतबार ८:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो ।

जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडे ।

अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अस्ट्रेलिया स्टिभ स्मिथ ३७ रनमा अविजित रहे ।

डेविड वार्नरले ३९ र मार्कस स्टोइनिसले ३८ रन जोडे । श्रीलङ्काका महेश थेक्सनाले दुई तथा वानिन्दु हसरङ्गाले एक विकेट लिए । तीन टी–२० खेलको श्रृङ्खला अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्ट्रेलिया पहिलो खेलमा १० र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।
 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया