तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो ।
अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । आज बिहान सकिएको खेलमा ओमानलाई ७ विकेटले हराउँदै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
नेपालले १५ खेलमा १५ अङ्क जोडेको छ । अमेरिका २१ अङ्कका साथ चौथो स्थानमा छ । पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ ।
स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्ककासाथ तेस्रो, नामिबिया १४ अङ्ककासाथ छैटौँ र पपुवा न्युगिनी २ अङ्ककासाथ पुछारमा छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।