कक्षा १२ को परीक्षा शुरु
बैशाख १४, २०८१ शुक्रबार
सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५, त्रियुगा खोलामा एक जनाको शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय झमेली सदाको घर नजिकैको त्रियुगा खोलामा माछा मार्न गएको बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।