भारतले दक्षिण अफ्रिकालाई ८२ रनले हरायाे, ५ खेलकाे शृङ्खलामा २–२ काे बराबरी

 असार ४, २०७९ शनिबार ६:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

डेभिड मिलरकाे विकेट लिएपछि हर्षल पटेल, तस्बिर : बीसीसीआई

काठमाण्डाै – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।

राजकोटमा गए राति भएको खेलमा भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले २० र क्विनटन डी ककले १४ रन बनाए । भारतका आभेश खानले चार र युजभेन्द्र चाहलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै हार्दिक पाण्डेयले ४६ रन बनाए । दक्षिण अफ्रीकाका लुङ्गी एनगिडीले दुई विकेट लिए ।

पहिलो खेल दक्षिण अफ्रिकाले सात विकेट र दोस्रो खेल चार विकेटले जितेको थियो । तेस्रो खेल भारतले ४८ रनले जितेको थियो । पाँचौँ तथा अन्तिम खेल बेङ्गलोरमा भोलि आइतवार हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया