एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज कुवेतसँग खेल्दै

 असार ४, २०७९ शनिबार ७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज शनिवार कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे सुरु हुनेछ । 

नेपालले हिजो शुक्रवार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । 

च्याम्पियनशिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह 'बी' मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपालले आउँदाे साेमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । 

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया