नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको 'क्लिन स्वीप'

 असार ९, २०७९ बिहीबार ६:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ ।

तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै 'क्लिन स्वीप' गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो ।

इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया