तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे ।
नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।
नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे ।
छनोट अन्तर्गत नेपाल पहिलाे जोर्डनसँग दुई–शू्न्य, दाेस्राे खेलमा कुवेतसँग चार–एक र तेस्राे खेलमा इन्डोनेसियासँग सात–शून्य गाेलले पराजित भएको थियो ।
फिफा वरीयताकाे शीर्ष पाँचमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पाेर्चुगल र डेनमार्क शीर्ष दशमा अटाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।