पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

 असार १८, २०७९ शनिबार २०:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । 

पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो । 

पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको छ । 

प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया