विश्व टेस्ट च्याम्पियनशिपमा पाकिस्तानले भारतलाई उछिन्यो

 असार २२, २०७९ बुधबार १४:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ । 

ढिला ओभरका कारण भारतीय खेलाडीको 'म्याच फी' को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । 

भारतीय बलरले ढिलो बलिङ गर्दा दुई ओभर खेलिने बराबरको समय खेर गएको थियो । हिजो मङ्गलवार सकिएको भारतसँगको पाँचौँ टेस्टमा इङ्ल्यान्डले कीर्तिमानी जित निकालेको छ । इङ्ल्यान्डले आफ्नो टेस्ट इतिहासमा सबैभन्दा धेरै तीन सय ७८ रनको लक्ष्य पूरा गर्दै खेल जितेको हो ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया