टी–२० विश्व कपको 'ट्रफी टुर' सुरु, काठमाण्डौमा पनि ल्याइने

 असार २४, २०७९ शुक्रबार १४:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी टुर आज शुक्रवारदेखि सुरु भएको छ । पुरुष टी–२० विश्व कप क्रिकेट सुरु हुन एक सय दिनमात्रै बाँकी छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपको ट्रफी टुर आजदेखि सुरु भएको हो । विश्व कप सुरु हुनुभन्दा सय दिन अघिदेखि ट्रफीलाई विश्वका विभिन्न सहरमा पुर्‍याउने यात्रा सुरु भएको हो । 

यसैबीच टी–२० विश्व कप ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । आउँदो अगस्ट ३० र ३१ मा काठमाण्डौ ल्याइने आईसीसीले जनाएको छ । ट्रफी टुर विभिन्न १३ देशका ३५ सहरमा हुनेछ । टी–२० विश्व कप ट्रफी पहिलो पटक नेपालसहित फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिङ्गापुर र भानुआटुमा पुर्‍याउन लागिएको हो । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया