तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच आठौँ पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् ।
जोकोभिचले पहिलो सेट ६–२ ले गुमाएका थिए तर त्यसपछिका तीन सेट ६–३, ६–२ र ६–४ ले आफ्नो पक्षमा पारे । ३५ वर्षीय जोकोभिच २१ औँपटक ग्रान्डस्लामको जित नजिक पुगेका हुन् । यसअघि रफायल नाडालले कीर्तिमानी २२ पटक ग्रान्डस्लाम जितेका छन् ।
जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिचले अब उपाधिको लागि अष्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडालले चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनल पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।