भौतिक पूर्वाधार तथा यातायात मन्त्री गृहनगर नेपालगञ्जमा

 असार २५, २०७९ शनिबार १८:३५:७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएकाे छ । नेपालगञ्ज विमानस्थलमा अवतरण हुनासाथ विमानस्थल रहेको वडा नम्बर २० ले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन मन्त्री राई पुग्नुभयो ।

मन्त्रालयको कार्यक्षेत्र सडक निर्माण नै रहेका मन्त्री राई केही समय  हिलाम्मे सडकमा पैदलै हिँडेर वडा कार्यालयभित्र प्रवेश गर्नुभयो । वडा अध्यक्ष कौशल कुमार धोवीले मन्त्री राईको चाहना अनुसार नै पहिलो कार्यक्रम हिलाम्मे सडक भएर राखिएको जानकारी दिनुभयो । जनता समाजवादीका नेता राई तेश्रो पटक मन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँ वकरिद मनाउन शनिबार गृह जिल्ला आउनुभएको हो । सो अवसरमा  मन्त्री राईले  जाति, भाषा, धर्म र अवसान भइसकेको मुद्दाको नाममा राजनीति गर्नेलाई बाँकेवासीले सधै  अस्वीकार गरिरहेको बताउनुभयो ।

बाँकेवासीले निरन्तर साथ र सहयोग गरेका कारण आफू तेश्रो पटक मन्त्री हुन सफल भएको भन्दै उहाँले क्षेत्र नम्बर २ का मतदाताप्रति आभार प्रकट गर्नुभयो । यसअघि सहरी विकास मन्त्रीको रुपमा बाँके जिल्लामा महत्वपूर्ण योजनाको काम अघि बढाएको भन्दै उहाँले छोटो कार्यकाल भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा जनताले पछिसम्म सम्झनेलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रादेशिक विश्व विद्यालय नेपालगञ्जमा निर्माण हुने निश्चित भएको पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया