नामिबियाले दियाे नेपाललाई २ सय २१ रनकाे लक्ष्य

 असार २७, २०७९ सोमबार १९:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय २१ रनकाे लक्ष्य दिएकाे छ । 

स्कटल्यान्डकाे क्याम्बुस्दुन न्यु ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेकाे नामिबिया ४७ ओभर ३ बलमा दुई सय २० रनमा अलआउट भयाे । नामिबियाका लागि जेन निकाेल लफ्टी एटनले सर्वाधिक ६० रन बनाउँदा डिभान ल ककले ४१ र कप्तान गेरहार्ड इरासमसले २२ रन जाेडे । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५४ रन दिएर चार विकेट लिएका हुन् । यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । 

शृङ्खलाकाे दाेस्राे खेलमा नेपालले जुलाई १३ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । त्रिदेशीय शृङ्खलाका लागि नेपाल स्कटल्यान्ड भ्रमणमा गएकाे हाे । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया