तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हटेको छ । आउँदो सिजनको लागि चेल्सीले म्यानचेस्टर युनाइटेडका मुख्य फरवार्ड रोनाल्डोलाई खरिद गर्ने इच्छा जनाएको थियो ।
चेल्सीले एजेन्टमार्फत युनाइटेड र रोनाल्डोसँग प्रारम्भिक चरणको छलफल पनि सुरु गरेको थियो । तर चेल्सीले अस्ति बुधवार म्यानचेस्टर सिटीका पूर्व फरवार्ड रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डोलाई भित्र्याउने योजना स्थगित गरेको बीबीसीले जनाएको छ ।
चेल्सीका प्रशिक्षक थोमस टुचेलले अब आफ्नो टिमलाई डिफेन्डरको मात्रै खाँचो रहेको बताएका छन् । स्टर्लिङलाई अनुबन्ध गर्न पाउँदा आफूहरु निकै खुसी भएको र उनी क्लबको मार्की खेलाडी बन्न सक्ने पनि टुचेलको भनाइ छ ।
यस्तै, युनाइटेडका प्रशिक्षक एरिक टेनले अहिले रोनाल्डोलाई बेच्ने कुनै तयारी र सम्भावना नरहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।