तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - भारतले घरेलु टोली इङ्ल्यान्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले श्रृङ्खला २–१ ले जितेको हो।
इङ्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । भारतका लागि ऋषव पन्तले अविजित रहँदै १ सय २५ रनको शतकीय पारी खेले ।
यस्तै, हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय पारी खेले भने रोहित शर्मा र विराट कोहलीले समान १७ रन बनाए । यस्तै, सूर्यकुमार यादवले १६ रन बनाए । इङ्ल्यान्डका रिस टोप्लेले ३ तथा क्रेग ओभर्टन र ब्रेडन कार्सेले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय पारी खेले भने जासन रोयले ४१ रन बनाए । यस्तै, मोइन अलीले ३४, क्रेग ओभर्टनले ३२ रन तथा लियाम लिभिङस्टोन र बेन स्टोक्सले समान २७ रन जोडे ।
भारतका हार्दिक पाण्डयले ४ विकेट लिँदा युजभेन्द्र चाहलले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।