ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काभ्रेपलाञ्चोक – प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ ।
बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नगरपालिकाको कार्यालयद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ छुट्याइएको र विस्तृत अध्ययनका लागि मात्रै दुई करोड छुट्याइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थापितले बनेपालाई संसारमा स्थापित गराउँछ, हलिउड र बलिउड समेतका कलाकार आउने गरी कला–साहित्य विधाका लागि बनेपा ‘वर्ल्ड सेन्टर’ हुनेछ ।’ मन्त्री स्थापितले सेन्टरका लागि आवश्यक रकम व्यवस्था गरिदिने बताउनुभयो ।
उहाँले संसारकै अध्ययन केन्द्र बनाउन बनेपा उपयुक्त रहेकाले आफ्नो कार्यकालमा विश्वकै लेखक र कलाकार ल्याउने भौतिक पूर्वाधार बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बनेपा निकै सम्भावनाको क्षेत्र हो, विश्वभरका क्रिकेटर आउने खालको क्रिकेट खेलमैदान यही ठाउँमा बनाइन्छ ।’
मन्त्री स्थापितले आफ्ना प्रस्तावित योजनामा स्थानीय जनप्रतिनिधिको प्रतिवद्धताको आवश्यकता औँल्याउँदै भन्नुभयो, ‘विदेशी पर्यटक अब काठमाडौं होइन, बनेपा भनेर आउने बनाउनुपर्छ ।’ उहाँले बनेपामा बनाइने वर्ल्ड सेन्टरमा स्वास्थ्य बाटिकासमेत रहने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।