एकदिवसीय वरीयतामा नेपाल यथावत्

 साउन १२, २०७९ बिहीबार १३:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बिहीवार सार्वजनिक गरेकाे एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेकाे छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९ औँ स्थानमा यथावत् रहेकाे हाे । अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलाे स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेस्ट इन्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया