पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

 साउन १२, २०७९ बिहीबार १४:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का दुई सय ४६ रनले विजयी भएको छ । गाल्लेमा श्रीलङ्काले दिएको पाँच सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना समयपछि दुई सय ६१ रन बनाउँदा अलआउट भयो । 

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले पाँच र रमेश मेन्डिसले चार विकेट लिए । 

पहिलो पारीमा एक सय ४७ रनको अग्रता बनाएको श्रीलङ्काले दोस्रो पारीमा आठ विकेट गुमाएर तीन सय ६० रनमा पारी समाप्तिकाे घाेषणा गरेपछि पाकिस्तानले पाँच सय आठ रनको लक्ष्य पाएको हो । पहिराे पारीमा पाकिस्तान दुई सय ३१ रनमा अलआउट भएकाे थियाे । 

आजको जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्ट पाकिस्तानले जितेको थियो । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया