निर्मला पन्त हत्या प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

 असोज ९, २०७५ मंगलबार १४:२०:२० | रासस
unn.prixa.net

काठमाडौं – निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । 

कञ्चनपुरमा गएको साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । 

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो । 

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • अमरबहादुर खड्का

    Sept. 26, 2018, 8:12 a.m.

    जबसम्म न्यायपालिका मा पार्टी ले सिफारिस गरेका राजनीतिक दलका मान्छेहरु न्यायाधीश मा नियुक्त हुन्छन त्यो बेलासम्म न्याय निस्पक्ष हुन सक्दैन ।प्रहरी त प्रत्यक्ष रुपमा सरकार चलाउने दलसङ्ग गृहमन्त्री मन्त्री सङ्ग सम्बन्धित हुन्छ त्यसैले त्यसको कार्यप्रती सरकार जबाफदेही हुनै पर्छ ।उनीहरू ले गरेको कामको जस अपजस लिने हिम्मत सरकार चलाउने हरुले गर्नैपर्छ ।

  •  0 Reply
  • मनोज दाहाल

    Sept. 25, 2018, 3:01 p.m.

    दुनियाले दोषी देखेता पनि एउटा न्यायधिशले निर्दोस देखिदिदा निर्दोस दोषी हुने र दोषी निर्दोस हुने प्रणाली भित्र हामि रहेका छौ, महिनौ लगाएर प्रतिबेदन त तयार भएछ तर प्रतिबेदनले दोषी ठहर गरेता पनि आँखा चिम्लिएको अदालतले निर्दोस देख्यो भने न त निर्मलाले न्याय पाउने छिन् न त समाजले दण्डको भय नै महसुस गर्ने छ |

  •  0 Reply

तपाईको प्रतिक्रिया