तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो ।
न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए ।
न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका मार्क चाम्पमानले ८३ रनको अर्धशतकीय पारी खेले । मिचेल ब्रेसवेल ६१ रनमा अविजित रहे ।
स्कटल्यान्डका गाभिन मेनले २ विकेट लिए । न्युजिल्यान्डको यो टी–२० इतिहासकै सर्वाधिक उच्च योगफल समेत हो । पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।