तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - बङ्लादेश र जिम्बाब्वेबीचको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो ।
जितसँगै ३ खेलको टी–२० शृङ्खलामा जिम्बाब्वेले १–० को अग्रता बनाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।
जिम्बाब्वेका उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले । यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ । त्यस्तै मङ्गलवार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ । बङ्लादेश र जिम्बाब्वेबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो शुक्रवारदेखि सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।