‍जर्मनीलाई हराउँदै महिला युरोकप-२०२२ को उपाधि इङ्ल्यान्डलाई

 साउन १६, २०७९ सोमबार ६:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ ।

वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

 खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

निर्धारित ९० मिनेटकाे समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इङ्ल्यान्डकी च्लोए केलीले एक गोल गरे सँगै जित इङ्ल्यान्डको पक्षमा गएको छ ।  जितसँगै इङ्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया