तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।
साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।
इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए भने केशव महाराज २ तथा एन्डिले फेलुकवायो, एडन मार्क्रम र एन्रिच नोट्रेजले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दरिक्षण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्स र एडन मार्क्रमले अर्धशतकीय पारी खेले । हेन्ड्रिक्सले ७० तथा मार्क्रमले ५१ रनको योगदान गरे । यस्तै, राइली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए । इङ्ल्यान्डका लागि डेबिड विलिले ३ विकेट लिए भने मोइन अली र क्रिस जोर्डनले समान १/१ विकेट लिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।