तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।
एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो।
एन्फाले टोलीकाे मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्लादेश छन् । यस्तै, भियतनाममा हुने १७ वर्षमुनिको एसियन कप छनोट आउँदो अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।