वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

 साउन २२, २०७९ आइतबार ८:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए ।

भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि ऋषव पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहँदै ३० रन जोडे ।

वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिए । जितसँगै चार खेलमा भारतले ३–१ को अग्रता बनाएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । त्यस्तै दोस्रो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया