तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो ।
बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेले ।
सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरे । यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाए । बङ्लादेशका हसन मुहम्मद र मेहेदी हसनले समान २/२ विकेट लिए भने तैजुल इस्लामले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
बङ्लादेशका लागि महमुदउल्लाह र तमिम इकवालले अर्धशतकीय पारी खेले । महमुदउल्लाहले ८० तथा इकवालले ५० रनको योगदान गरे । यस्तै, आफिफ हुसेनले ४१, नजमुल हुसेन सान्तोले ३८ रन, मुस्फिकुर रहिमले २५ तथा अनामुल हकले २० रन बनाए ।
जिम्बाब्वेका लागि सिकन्दर राजाले ३, वेस्ली माधिबेरीले २ तथा भिक्टर न्याउची र टन्का चिभान्गाले एक/एक विकेट लिए । दुई टोलीबीचको तेस्रो एक दिवसीय बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।