बालोन डिओरको लागि मेस्सी र नेयमार मनोनयनमै परेनन्

 साउन २८, २०७९ शनिबार १७:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजका अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिल नेयमारयस वर्षको बालोन डिओरको मनोनयनमा पर्न असफल भएका छन् ।

फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गरिने बालोन डीओर अवार्डका लागि ३० जनाको मनोनयन सार्वजनिक गरेको छ । तर मनोनयनको सूचीमा  सर्वाधिक ७ पटक बालोन डिओर जितेका मेस्सी परेका छैनन् । उनि सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । यस्तै पिएसजीकै नेयमार पनि मनोनयना परेका छैनन् । मनोनयनको सूचीमा म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने अटाएका छन् । 

मनोनयमा परेका ३० जना खेलाडी :

थिबाउट कोर्टोइस (रियल म्याड्रिड)

मोहम्मद सलाह (लिभरपुल)

राफेल लिओ (एसी मिलान)

क्रिस्टोफर एनकुन्कु (आरबी लाइपजिग)

जोशुआ किमिच (बायर्न म्युनिख)

ट्रेन्ट अलेक्जेन्डर(अर्नोल्ड (लिभरपुल)

भिनिसियस जुनियर (रियल म्याड्रिड)

बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी)

लुइस डियाज (लिभरपुल)

रोबर्ट लेवान्डोस्की (बार्सिलोना)

रियाद महरेज (म्यानचेस्टर सिटी)

कासेमिरो (रियल म्याड्रिड)

ह्युङ मिन सन (टोटेनहम)

फाबिन्हो (लिभरपुल)

करिम बेन्जेमा (रियल म्याड्रिड)

माइक मेनन (एसी मिलान)

ह्यारी केन (टोटनह्याम)

डार्विन नुनेज (लिभरपुल)

फिल फोडेन (म्यानचेस्टर सिटी)

साडियो माने (बायर्न म्युनिख)

सेबास्टियन हलर (बोरुसिया डर्टमुन्ड)

लुका मोड्रिच (रियल म्याड्रिड)

एन्टोनियो रुडिगर (रियल म्याड्रिड)

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

केभिन डे ब्रुइन (म्यानचेस्टर सिटी)

डुसान भ्लाहोभिक (युभेन्टस)

भर्जिल भान डाइक (लिभरपुल)

जोआओ क्यान्सेलो (म्यानचेस्टर सिटी)

एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी)

केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन)

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया