इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

 साउन ३१, २०७९ मंगलबार ६:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।

उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए ।

खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२औँ मिनेटमा गोल गरे । लिभरपुलका लुइस डियाजले खेलको ६१औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग दुई–दुई गोलको बराबरी खेलेको थियो ।

लिभरपुलको २ खेलमा २ अङ्क भएको छ । लिभरपुल अङ्क तालिकामा १२औँ र क्रिस्टल प्यालेस एक अङ्कसहित १६औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया