चेल्सीका प्रशिक्षक टुचेललाई एक खेलमा प्रतिबन्ध, टोटनह्यामका कोन्टेलाई जरिबाना

 भदौ ४, २०७९ शनिबार ७:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा गएको आइतवार चेल्सी र टोटनह्यामबीच भएको विवादमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेलाई एफएले कारबाही गर्ने भएको छ ।

खेल चलिरहेका बेला र सकिएलगत्तै दुई प्रशिक्षकबीच विवाद भएको थियो । एफएले टुचेललाई एक खेलमा प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिबाना लगाएको छ ।

त्यस्तै कोन्टेले भने १५ हजार पाउन्ड तिर्नुपर्नेछ । टोटनह्यामसँगको खेलमा चेल्सीले दुई पटक अग्रता लिए पनि खेल २–२ गोलको बराबरी भएको थियो ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच भनाभन हुँदा रेफ्री एन्थोनी टेलरले दुवैलाई रातो कार्ड दिए । त्यसअघिको विवादमा उनीहरुले पहेँलो कार्ड पाएका थिए ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया