नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

 भदौ ६, २०७९ सोमबार ७:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले 'क्लिन स्वीप' गरेको छ । नेदरल्यान्डको रोटरड्याममा भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनले  विजयी हुँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले ४९ ओभर २ बलमा १ सय ९७ रन मात्रै बनायो । उसका लागि टम कुपर र विक्रमजित सिंहले अर्धशतकीय पारी खेले ।  कुपरले  ६२ रन र विक्रमजितले ५० रनको योगदान गरे ।

यस्तै, टिजा निदामारुनुले २४ तथा मुसा अहमदले ११ रन बनाए । पाकिस्तानका नसिम साहले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा २ सय ६ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्मद नवाजले २७, फकर जमानले २६, आगा सलमानले २४ र  मोहम्मद वासिमले ११ रन बनाए । नेदरल्यान्डका  बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए । यस्तै, आर्यान दत्त, शारिज अहमद र लोगान भान विकले समान १/१ विकेट लिए । पाकिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया