इन्टरनेशनल सर्भरमा समस्या आउँदा नेपालमा जिमेल चलेन

 असोज ११, २०७५ बिहिबार ११:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालमा जिमेलमा समस्या देखिएको छ । बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जिमेल नखुल्नुको कारणबारे प्रष्ट बताउन सकेका छैनन् । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ । युट्यूब पनि नखुल्ने समस्या देखिएको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेश्नल सर्भरमा समस्या देखिएकोले नेपालमा पनि समस्या देखिएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने केही समयमा यो समस्या समाधान हुने बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया