तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ ।
सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।
एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो । भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन बेहोर्नुपरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।