तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो ।
जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले ।
यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।
हङकङका इशान खानले ४ तथा आयुस शुक्लाले ३ विकेट लिए । एसिया कप आउँदो शनिवारदेखि सुरु हुँदैछ । हङकङ भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । प्रतियोगितामा ६ देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
हङकङले पहिलो खेल अगस्ट ३१ मा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्लादेश र अफगानिस्तान रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।