नेपालले केन्यालाई ५ विकेटले हरायो

 भदौ ९, २०७९ बिहीबार १९:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाए । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहे । बलिङतर्फ केन्याका लुकास ओलाउच र विराज पटेलले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल भोलि शुक्रवार, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया