तीन महिनादेखि अवरुद्ध म्याग्दीको बेनी–भकिम्ली सडक अझै खुलेन

 भदौ ११, २०७९ शनिबार ७:१६:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी - गएको जेठ अन्तिम हप्ता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौँडा र खुर्सानीबारीमा गएको पहिराेका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौँडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौँडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारीमा पहिराेले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो ।

पहिराेले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय शेरबहादुर घर्तीले बताउनुभयो । गएको वर्ष ढलानसहित सडक पहिराेले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो ।

पहिरोले हलेगौँडासहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेका छन् । भकिम्ली हुँदै छिमेकी बाग्लुङको काठेखोला र तारा खोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडक खण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ ।

भकिम्ली जोड्ने हलेगौँडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । स्थानीय बासिन्दाले तत्काल सडक मर्मत वा सहज अर्को वैकल्पिक बाटोको खोजी गरी आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।     
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया