तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
हङकङ यूएईलाई हराउँदै एसिया कपमा छनोट भएको हो । पाकिस्तानको पहिलो खेल भोलि भारतसँग रहेको छ । त्यस्तै अगस्ट ३० मा बङ्गलादेश र अफगानिस्तान, अगस्ट ३१ मा भारत र हङकङबीच खेल हुनेछ । सेप्टेम्बर १ मा श्रीलङ्का र बङ्गलादेश तथा सेप्टेम्बर २ मा पाकिस्तान र हङकङबीच खेल हुने तालिका छ ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।