तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो ।
श्रीलङ्काले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए । यस्तै हज्रातउल्लाह जाजईले अविजित ३७ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।
श्रीलङ्काका भानुका राजपाक्षेले सर्वाधिक ३८ रन तथा चामिका करुनारत्नेले ३१ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट तथा मुजिब उरहमान र मोहमद नाबीले २/२ विकेट लिए । जितसँगै समूह ‘बी’ को अफगानिस्तानले पहिलो खेलमा २ अङ्क जोडेको छ ।
प्रतियोगिताको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।