नाना पाटेकरकाे बचाउमा बाेल्ने कोरियोग्राफरले नै झूट बाेलेकाे आरोप लगाइन् तनुश्रीले

 असोज ११, २०७५ बिहिबार १८:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

कुनै समय बलिउडकी हट नायिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल अभिनेत्री तनुश्री दत्ता लामो समयपछि अमेरिकाबाट भारत फर्किएकी छिन् । 

उनले चर्चित अभिनेता नाना पाटेकरमाथि आपूmलाई यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । फिल्म ‘हर्न ओके प्लीज’ को गीत छायाँकनको क्रममा नाना पाटेकरले उनीमाथि यौन दुव्र्यवहार गरेको उनले बताएकी छिन् । 

तनुश्रीको यस कुरालाई बलिउडका चर्चित कोरियोग्राफर गणेश आचार्यले नाना पाटेकरको बचाउ गर्दै तनुश्रीलाई झूट बोलेको आरोप लगाएका छन् । उनले नाना पाटेकर असल व्यक्ति भएको र उनीबाट यस किसिमको काम कहिल्यै पनि हुन नसक्ने बताएका छन् । 

तनुश्रीले जुन गीतको छायाँकनको क्रममा नाना पाटेकरले दुव्र्यवहार गरेको बताउदै आइरहेकी छिन् त्यस गीतको कोरियोग्राफी पनि गणेश आचार्यले नै गरिरहेका थिए । 

गणेशले दिएको यस किसिमको बयानलाई लिएर तनुश्रीले मिडियासँगको कुराकानीमा भनिन्, ‘गणेश झूट बोलिरहेका छन् र उनी दुई किसिमको चरित्र भएका व्यक्ति हुन् । उनी यस्तै किसिमको कुरा नै भन्न सक्छन् किनकि १० वर्षअघि पनि उनी तिनै व्यक्तिहरुको साथमा थिए जतिबेला मैले आफूमाथि भएको दुव्र्यवहारको खुलासा गरेकी थिएँ । उनी यस कुरालाई कहिले पनि स्वीकार गर्न सक्दैनन् ।’

तनुश्रीले अगाडि भनिन्, ‘यस किसिमको कुरा नाना पाटेकरमै गएर मात्रै सकिँदैन । बरु उनीबाट यो कुरा सुरु भएको छ । म चाहन्छु कि बलिउडमा यस किसिमको दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई प्रतिबन्ध लगाएर सबैलाई उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । कोही पनि यस किसिमको दुव्र्यवहार गरेर बच्न सक्दैनन् । मेरो लडार्इं नाना पाटेकर वा गणेश आचार्यसँग होइन । म यस किसिमको दुर्व्यवहार नहोस् र यदि कसैले गरेको छ भने त्यसको परिणाम पनि भोग्नुपर्छ भन्ने चाहन्छु ।’ 



तनुश्रीले सन् २००८ मा अभिनेता नाना पाटेगरले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदा त्यस फिल्मबाट तनुश्रीलाई निकालेर उनको ठाउँमा राखी सावन्तलाई राखिएको थियो । 

यो लफडा यतिमै मात्रै सीमित भएन । उनलाई धम्की आउनुका साथै, उनी चढ्ने गाडीमाथि तोडफोड पनि भएको थियो । साथै यही लफडापछि तनुश्रीलाई बलिउडमा काम पाउन निकै मुस्किल भएको थियो । कसैले पनि उनीसँग काम गर्न नमानेपछि तनुश्री मुम्बई छोडेर गएकी थिइन् । 

त्यसपछिको केही समयसम्म आध्यात्मिक जीवन सुरु गरेकी तनुश्री केही समयपछि अमेरिका बसाइ सरेकी थिइन् । केही समयअघि मात्रै उनी फेरि भारत फर्किएकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया