प्रिमियर लिगमा टोटनह्यामले फरेस्टलाई २-० ले हरायाे

 भदौ १३, २०७९ सोमबार ६:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २-० गोल अन्तरले हराएको छ ।

गएराति भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा केनले दोस्रो गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए । यस जितसँगै टोटनह्यामले ४ खेलमा १० अङ्क जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले एस्टन भिल्लालाई १–० ले हराएको छ भने उल्भ्स र न्युकासलले १–१ गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया