टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको एक स्थान घट्यो

 भदौ १३, २०७९ सोमबार ११:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको स्थान घटेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी नयाँ वरीयता अनुसार नेपालको टी–२० वरीयता एक स्थान घटेको हो।

नेपाल १५औँ स्थानमा झरेको छ। नामिबिया १४औँ स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भारत रहेको छ।

यस्तै, इङ्ग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।

वरीयता घटेसँगै नेपालले सन् २०२४ मा आयोजना हुने टी–२० विश्व कपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी–२० विश्व कपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्व कपमा स्थान बनाउने छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया