तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
एसिया कप टी–२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।
अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
बंगलादेशका मोस्देक हुसेनले अविजित ४८ रन जोडे । अफगानिस्तानका मुजीब उर रहेमान र राशिद खानले समान ३–३ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । लगातार दोस्रो जित निकालेको अफगानिस्तानले समूह ‘बी’ मा ४ अंक जोडेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । भारतले आज हङकङसँग खेल्नेछ । पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । भोलि श्रीलंका र बंगलादेश तथा पर्सि पाकिस्तान र हङकङबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।