स्थानीयबासिन्दाले प्रदर्शन रोकेपछि कलंकी–नागढुंगा सडकमा गाडी चल्न थाल्यो

 असोज १२, २०७५ शुक्रबार ११:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ढुंगेअड्डाका बासिन्दाले केहीबेरको लागि प्रदर्शन रोकेपछि अहिले चापमा गाडी चलिरहेका छन् । सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि उपत्यकाबाहिर जाने र भित्रनेसहित उपत्यकाको आवागमन प्रभावित भएको हो । 

अहिले कलंकी हुँदै उपत्यका बाहिर जाने र भित्रने गाडी चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक मर्मत नभएका कारण धुलोले बस्न नसकेको भन्दै स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

ढुंगेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं आउनुपर्ने वा सडक विभागका कर्मचारी आउनुपर्ने माग पनि गरेका छन् । तर दुई निकायले एकअर्कालाई देखाउँदै पन्छिएपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो । 

यसअघि बिहान नागढुंगा नौबिसे सडकखण्डमा पर्ने खत्रीपौवा र कलंकी नागडुंगा सडकखण्डमा पर्ने सतुंगलमा गाडी बिग्रिएपछि काठमाडौंको कलंकीदेखि धादिङको नौबिसे सम्मै जाम भएको थियो ।

अहिले जाम बढेको छ । सडकमा भएका खाल्डाखुल्डीसँगै गाडी बिग्रंदा यो सडकखण्डमा दिनहुँ लामो जाम  हुन थालेको छ । दसैँको लागि यात्रु भित्रने र बाहिरिने हुँदा गाडी बढ्दै गएको पनि ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया