नेपालले केन्यालाई हरायाे, एक खेलअघि नै शृङ्खला जित्याे

 भदौ १८, २०७९ शनिबार १९:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे ।

केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक/एक विकेट लिए ।

यसअघि नैराेबीमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा दुई–शून्यकाे अग्रता लिएकाे छ । याेसँगै नेपालले एक खेलअघि नै शृङ्खला आफ्नाे पक्षमा पारेकाे छ । तेस्राे खेल पर्सि साेमवार हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया