एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ : राप्रपा अध्यक्ष लिङ्देन

 भदौ २०, २०७९ सोमबार १३:२२:४४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।

राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएकाे उहाँकाे भनाइ छ । 

अघिल्लो चुनावमा जस्तो केही सिटमा उम्मेदवारी दिने र धेरैजसाे क्षेत्रमा खाली हुने अवस्था आउन नदिने अध्यक्ष लिङ्देनले बताउनुभयाे । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणासहित पत्रकार सम्मेलनमा उपस्थित लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक रहेको बताउनुभयो ।

उहाँले संसद्को आयु चुनावपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया