पीपीएल र ओयो होटलबीच ३२ लाख बराबरको सम्झौता

 असोज १२, २०७५ शुक्रबार १७:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कार्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरको रुपमा ओयो होटेलसँग सम्झौता गरिएको छ । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र आयोका तर्फबाट निसिद हलानीले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जसअनुसार ओयोले पीपीएल आयोजनाका लागि ३२ लाख बराबरको प्रायोजन उपलब्ध गराउने छ ।

यसैगरी पोखरा प्रिमियर लिगमा सहभागी हुने ६ टिमका खेलाडी व्यवस्थापक र आयोजकहरुलाई आवासीय सुविधा उपलव्ध गराउने छ । ओयो दक्षिण एसियाकै सबैभन्दा ठूलो हस्पीटालिटी कम्पनी हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया