न्युजिल्यान्डसँगकाे एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाकाे 'क्लिन स्वीप'

 भदौ २६, २०७९ आइतबार १८:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – न्युजिल्यान्डसँगकाे तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । 

आज भएको तेस्रो तथा अन्तिम खेल २५ रनले जितेसँगै अस्ट्रेलियाले शृङ्खला तीन–शून्यले जित्दै 'क्लिन स्वीप' गरेको हाे । छ । क्विन्सल्याण्डमा अस्ट्रेलियाले दिएको दुई सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक बल बाँकी छँदै दुई सय ४२ रनमा अलआउट भयो । उसका लागि ग्लेन फिलिपले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा क्यामरन ग्रीन र सिन एबटले दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ६७ रन बनायो । अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले शतक बनाए । उनले एक सय पाँच रन जाेडे । यस्तै मार्नुस लाबुसेनले ५२, एलेक्स केइरीले ४२ र क्यामरन ग्रीनले २५ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया